logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अनलाइन इन्ट्री आज मध्याह्न १२ बजेसम्म मात्रै


  • जन आकाश
  • बुधबार, पुष ९ २०८२

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको नवीकरण आज (बुधबार) मध्याह्न १२ बजेसम्म मात्रै गर्न सकिने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार मध्याह्न १२ बजे नवीकरणको ‘डाटा इन्ट्री’ बन्द हुन लागेको हो ।



बैठकपछि समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ले ‘क्रियाशील सदस्यता नवीकरणको अनलाइन ‘सिस्टम’ बुधबार मध्याह्न १२ बजे लक गरिने जानकारी दिएका थिए । उनकाअनुसार बुधबार साँझ नै समितिले नवीकरण भएका क्रियाशील सदस्यता प्रमाणीकरण गरेर पार्टीलाई बुझाउने छ ।

समितिका अनुसार नयाँ क्रियाशील सदस्यताको विवरण भने बिहीबार राति १२ बजेसम्म ‘इन्ट्री’ गर्न पाइने छ । यो सिस्टम पनि ‘अटो लक’ हुने छ ।समितिले शुक्रबार नयाँ क्रियाशील सदस्यता प्रमाणीकरण गरेर पार्टीलाई बुझाउने तयारी गरेको छ ।समितिले सदस्यता नवीकरणको ‘इन्ट्री’ जिल्ला सभापतिमार्फत् र नयाँ सदस्यताको ‘इन्ट्री’ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमार्फत् गराइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend