logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

क्लव चौलानीले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल


  • जन आकाश
  • बिहिबार, पुष १० २०८२

काठमाडौं । क्लव चौलानी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनी र गरिमा क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ।



बुढानिलकण्ठस्थित होलिडे इन रिसोर्टमा सम्पन्न एक कार्यक्रमकाबीच कम्पनीले गरिमा क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

सम्झौता पत्रमा क्लव चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र के.सी.तथा गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरे।

२०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएकोक्लव चौलानी लिमिटेड २०८१ साल पुस २२ गते पब्लिक लिमिटेडमा रुपान्तरण भई सुदूरपश्चिम प्रदेशकै एक नमूना र पहिलो पाँच तारे होटलको रूपमा आफूलाई स्थापना गर्न लागेको छ।

क्लव चौलानीले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने रकम आइपिओको रूपमा सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend