जन आकाश
काठमाडौं । सरकारी उच्चस्तरीय राजनीतिक संवाद कार्यदलका पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबिच भेटवार्ता भएको छ ।
राजनीतिक भेटवार्ता कार्यदलका पदाधिकारी रास्वपा कार्यालय बनस्थली पुगेका हुन् । संवाद कार्यदल संयोजक कानुनमन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजय भद्र खनाल रास्वपा कार्यालय पुगेर आगामी निर्वाचनबारे छलफल गरेका हुन् ।
भेटवार्तामा उपसभापतिद्वय डिपी अर्याल, डा.स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्यहरू सहभागी रहेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend