logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त


  • जन आकाश
  • बिहिबार, पुष १० २०८२

काठमाडौं । एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले अग्रवाललाई बुधबारदेखि नै लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त गरेको हो ।



नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अग्रवालले राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा महत्त्वपूर्ण उपलब्धी हासिल गर्दै सफलताको उचाइ लिने विश्वास गरिएको छ ।

यसअघिका अध्यक्ष तुलसीराम अग्रवालले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा बैंकको सञ्चालक समिति बैठकले पुस ६ गते स्वीकृत गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend