logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री


  • जन आकाश
  • शुक्रबार, पुष ११ २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।भक्तपुरको गुण्डुस्थित निवास पुगेर खरेलले ओलीसँग भेट गरेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक अवस्थाका साथसाथै फागुन २१ गते तोकिएको निर्वाचनका सन्दर्भमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।



सो क्रममा सञ्चारमन्त्रीले ओलीलाई शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबिचको वार्ताका लागि निम्तापनि दिएको बताइएको छ । यसअघि आजै खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए भने ओलीपछि प्रचण्डसँग भेटको कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend