logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

रवि-बालेन सम्झौतापछि सञ्चारमन्त्री खरेल भन्छन्- सुन्दर र समृद्ध नेपालको सपना, गन्तव्य तय हुँदैछ


  • जन आकाश
  • आइतबार, पुष १३ २०८२

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौतापछि अन्तरिम चुनावी सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदिश खरेलले ‘नयाँ दिन नयाँ सुरुवात’ भएको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।



उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना, गन्तव्य तय हुँदैछ‘।’

लामो समय पत्रकारितामा सक्रिय खरेल जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए । अब सक्रिय राजनीतिमा आउने तयारीमा रहेको उनी निकट स्रोत बताउँछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend