जन आकाश
काठमाडौं। एमजी तथा आइएम मोटर्सका लागि नेपालका आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्ष २०२६ को अवसरमा इलेक्ट्रिफाइङ न्यू इयर २०२६ एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत एमजी र आइएमका इलेक्ट्रिक सवारी साधन खरिद गर्ने ग्राहकले आकर्षक सुविधा र लाभ लिन सक्नेछन्।सीमित अवधिको यस एक्सचेन्ज अफरमा पुरानो सवारीसाधन साट्दा ग्राहकले चार लाख रूपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।
योजनामा उत्कृष्ट मूल्यांकन सुविधा, अतिरिक्त एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता आकर्षक अफर समेटिएका छन्। यो अफर एमजी र आइएमका सबै इलेक्ट्रिक मोडलहरूमा लागू हुनेछ।
ग्राहकले देशभर रहेका आधिकारिक एमजी सोरूममार्फत यो एक्सचेन्ज योजना लिन सक्ने कम्पनीले जनाएको छ। इलेक्ट्रिक सवारी साधनप्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना लोकप्रिय मोडलहरूमा विशेष सुविधा उपलब्ध गराएको हो। यो अफर पुस १० गतेदेखि सुरू भएको कम्पनीको भनाइ छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend