जन आकाश
काठमाडौं । आज २०८२ पौष १४ गते लक्ष्मी सन्राइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भयो । साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ ।साधारण सभाले आर्थिक वर्ष २०८१,८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२,८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आ.व. २०८१,८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend