logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

आर्थिक बहस गर्न आज सर्वपक्षीय राष्ट्रिय संवाद, प्रधानमन्त्री पनि सहभागी हुने


  • जन आकाश
  • बुधबार, पुष १६ २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आज सर्वपक्षीय राष्ट्रिय संवाद राखेको छ। महासंघ अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्र उकास्ने उद्देश्यले यो संवाद राखिएको बताएका छन्।



संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने महासंघले जनाएको छ।संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन्।

संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष ढकालले बताए।अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend