logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायद्धारा पद तथा गोपनियताको सपथ


  • जन आकाश
  • बिहिबार, पुष २४ २०८२

काठमाडौं । महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष  राजेश उपाध्याय द्धारा पद तथा गोपनियताको सपथ महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन हुनुभएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।



बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्र  समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय सस्ंथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्पन्न बैंकको वार्षिक साधारण सभा मार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend