logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायद्वारा शपथ ग्रहण


  • जन आकाश
  • सोमबार, पुष २८ २०८२

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको शपथ लिएका छन्। बैंकको हालै सम्पन्न २४ औँ वार्षिक साधारण सभाबाट सञ्चालक समितिमा निर्वाचित भएपछि उपाध्यायलाई अध्यक्षको जिम्मेवारी दिइएको हो।



बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को व्यवस्था अनुसार उनले बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष शपथ लिएका हुन्। नेपाल राष्ट्र बैंकमा आयोजित शपथ ग्रहण कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभाग र वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकहरू लगायत अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो। अध्यक्ष उपाध्यायले अब बैंकको आगामी कार्यकालका लागि नेतृत्व सम्हाल्नेछन्।

बैंकको वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरूलाई १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend