जन आकाश
काठमाडौं । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले टिक्मोमार्फत आइएमई गरौ, उपहार जितौं योजना सार्वजनिक गरेको छ। पुस २१ गतेदेखि चैत १७ गतेसम्म सञ्चालनमा रहने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरू जित्ने अवसर रहेको छ।
टिक्मो एप मार्फत साउदी अरबबाट आइएमई गरी नेपाल पैसा पठाउँदा मेगा पुरस्कार अन्तर्गत एकजना भाग्यशाली विजेताले बिवाइडी अट्टो १ इभी प्राप्त गर्न सक्नेछन् भने मासिक दुईजना भाग्यशाली विजेताले याडियाको इलेक्ट्रिक स्कुटर जित्न सक्नेछन्।
साथै साप्ताहिक विजेता अन्तर्गत १२ भाग्यशाली विजेताले आइफोन १७ जित्न सक्नेछन्।टिक्मोको यो उत्सवमा सामेल भएर कुल १५ जना भाग्यशाली व्यक्ति लावान्भित हुनेछन् भने विजेताहरू पारदर्शी डिजिटल लक्की ड्र मार्फत छनौट गरिने कम्पनीको भनाइ छ।
वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सिप भित्र्याउने मात्रै नभएर अवसरको सदुपयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend