logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रचण्ड र माधवकुमार नेपालले लिए नेकपाको शपथ


  • जन आकाश
  • मंगलबार, पुष २९ २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् । जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग उनीहरूले शपथ लिएका हुन् । उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् ।



जस अन्तर्गत पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने लगायतका विषय छन् । सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत गरेका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । नवगठित पार्टीको केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।

शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् ।अब उनीहरूले अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराउनेछन् । २४९९ केन्द्रीय सदस्यलाई शपथ खुवाउने तयारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend