जन आकाश
काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यस्तो चेतावनी दिएका हुन्।
खड्काले निर्वाचन आयोग गलत निर्णयतर्फ जान्छ भन्ने विश्वास आफूहरूलाई नभए पनि केही आशङ्का भने रहेको बताए। उनले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता नदिए कांग्रेस देशव्यापी आन्दोलनमा उत्रिनेछ। हामी गाउँ–गाउँ र वडावडाबाट चारतारे झण्डा लिएर सडकमा निस्कनेछौँ।’त्यस्तो अवस्था आएमा पार्टीको आह्वानअनुसार आन्दोलनमा सहभागी हुन देशभरका कार्यकर्ता तथा भ्रातृ–संघ संगठनलाई निर्देशन दिइएको उनले बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend