जन आकाश
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ ।
साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल व्यङ्क्वेट शंखमुल काठमाडौंमा सम्पन्न भएको हो । साधारणसभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८२ पुष २१ गतेका लागि बन्द गरिएको थियो । २०८२ पुष २० गतेसम्म कायम शेयरधनी साधारणसभामा उपस्थित भएका थिए ।
उक्त साधारणसभाबाट आ.व.२०८१र०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन पारित गर्नुका साथै सोही आ।व। को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने रकम रु.२०,००,१२,५९२ बराबरको नगद लाभांश (कर समेत) समेत पारित गरेको छ ।
साथै, आ.व. २०८२र०८३ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक समेत साधारण सभाबाट पारित भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend