जन आकाश
काठमाडौं । चिनियाँ मोबाइल ब्राण्ड अनर नेपालले अनर एक्स ९–डी सार्वजनिक गरेको छ। मजबुत बनावट, लामो समय चल्ने ब्याट्री र उच्च गुणस्तरको क्यामरासहित यो मोबाइल बजारमा ल्याइएको हो ।
अनर एक्स ९–डीमा २.५ मिटर उचाइबाट खस्दा पनि नबिग्रने क्षमता, पानी र धुलोबाट जोगिने उच्च स्तरको सुरक्षा, आठ हजार तीन सय मिलिएम्पियर क्षमताको ब्याट्री तथा एक सय आठ मेगापिक्सल क्षमताको क्यामरा जडान गरिएको छ।
अग्रिम बुकिङ गर्ने ग्राहकलाई १५ हजार नौ रूपैयाँ बराबरको अनर ब्रान्डको स्मार्ट घडी निःशुल्क प्रदान गरिनेछ। साथै, एक वर्षसम्म लागु हुने २० हजार रूपैयाँ बराबरको सेवा सुविधा पनि उपलब्ध हुनेछ, जसमा पर्दा, पछाडिको भाग र पानीबाट हुने क्षतिको मर्मत समावेश गरिएको छ।
यसबाहेक, एक जना भाग्यशाली ग्राहकले ५८ लाख मूल्य बराबरको विद्युतीय कार जित्ने अवसर पाउनेछन्।
कम्पनीले ग्राहकलाई नजिकको आधिकारिक बिक्री केन्द्रमा गई अनर एक्स९–डी अग्रिम बुकिङ गर्न आग्रह गरेको छ।
बुकिङ अफर ग्राहकले सोमबारदेखि बुधबारसम्म पाउनेछन्। यो फोन ८ जिबी २५६ जिबी र १२ जिबीर२५६ जिबी गरी दुई क्षमतामा पाइन्छ। फोनको मूल्य क्रमशः ५४ हजार ९ सय ९९ र ५९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend