logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक पुगेर नयाँ रेकर्ड


  • जन आकाश
  • बुधबार, माघ १४ २०८२

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ३८ लाख १९ हजार रुपैयाँ नजिक पुगेको हो ।



महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । तर, बुधवार बढेर तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । आज १० ग्राम सुनकै मूल्य तोलामा २ लाख ७३ हजार ३२० रुपैयाँ पुगेको छ ।

यसैबिच चाँदीको मूल्य समेत ७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज कायम भएको सुन र चाँदीको मूल्य नै हालसम्मकै उच्च हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend