logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिजपको लुम्बिनी प्रदेश समिति गठन अध्यक्षमा डम्बर र सचिबमा हेमराज


  • जन आकाश
  • बिहिबार, माघ १५ २०८२

नेपालगन्ज । बालवालिकाको क्षेत्रमा क्रियाशिल संस्था बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान -सिजप_ को लुम्बिनी प्रदेश स्तरीय समिति गठन भएको छ ।



सिजपको प्रदेश स्तरीय सदस्य संस्थाहरुको आज भएको भेलाले बिग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारको अध्यक्षतामा ७ सदस्सीय प्रदेश समिति चयन गरेको छ । यसरी चयन भएको प्रदेश समितिको सचिबमा बास नेपालका निर्देशक हेमराज भट्ट चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा क्रमशः कमला सापकोटा, विकिरण गौतम, दिपसरा पुन र चिरन्जीवी ज्ञवाली चयन भएका छन् ।

समितिको एक जना सदस्य भने नव निर्वाचित प्रदेश समितिको पहिलो बैठकले मनोनित गर्ने गरि रिक्त राखिएको छ । सिजपका महासचिब राजु घिमिरेको अध्यक्षतामा भएको प्रविधिमैत्री भेलामा उपस्थित सहभागिहरुलाई स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश सिजप लुम्बिनी प्रदेश इन्चार्ज शिवलाल पाण्डेले गरेका थिए । भेलामा सिजपले गरिरहेको कार्य तथा प्रदेश समिति गठन तथा ब्यवस्थापन कार्यविधिका बिषयमा महासचिब राजु घिमिरेले प्रस्तुतीकरण गरेका थिए । समितिको कार्यकाल २ बर्षको रहनेछ ।

बालवालिका शान्ति क्षेत्र अभियान -सिजप_ ले बालमैत्री, पोषणमैत्री, बाल संवेदनशील सामाजिक सुरक्षा, बालअधिकारको संरक्षण र सम्बर्धनको लागि निरन्तर देश ब्यापी अभियान सञ्चालन गर्दै आएकोछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend