जन आकाश
काठमाडौं । ग्लोबल आइएमइ बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसबाट अब सेयरको प्राथमिक निष्कासन (आइपिओ)मा आवेदन दिन सकिने भएको छ।
अहिले आइपिओ भर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयरबाट मात्रै सम्भव हुँदै आएकोमा अब भने बैंकको मोबाइल एपबाट पनि आवेदन दिन सकिने भएको हो।
अहिले मेरो सेयर कै वेब लिंक (युआरएल)मा गरेर अन्यबाट पनि आइपिओ भर्न सकिन्छ। ग्लोबल स्मार्ट प्लसबाट भने अन्य पेज नखुलिकनै सोझै आइपिओ भर्न मिल्ने बैंकले उल्लेख गरेको छ।
त्यस्तै, यो एप चलाउने ग्राहकले एक पटक यसबाट आवेदन दिइसकेपछि त्यसपछि खुल्ने हरेक आइपिओ भर्ने प्रक्रिया घट्दै जाने समेत बैंकले उल्लेख गरेको छ। आइपिओ भर्न आवश्यक पर्ने सिआरएन नम्बर, पिन एपमै सुरक्षित रहन थाल्ने भएपछि अहिले जसरी हरेक पटक हरेक पटक सम्झन पर्ने झण्झट नहुने बैंकले जानकारी दिएको छ।
एपले ग्राहकलाई नयाँ आइपिओ खुलेको, आइपिओ भर्न आफ्नो खातामा पर्याप्त रकम रहे नरहेको र आइपिओ भरिसके पनि सेयर परेनरपरेको जानकारी समेत दिनेछ।
यो एपमार्फत ग्राहकले सेयर विद्युतीय अभिलेखको रूपमा रहने डिम्याट खाता खोल्न, सेयर कारोबार गर्ने टिएमएस खाता खोल्न पनि सक्ने छन्।सेयर बजारमा कारोबारमा गर्नेहरूलाई आफ्नो कारोबार ट्रयाक गर्न, सेयर कारोबारको लाइभ मार्केट हेर्न, सूचीकृत कम्पनीहरूको २० भन्दा बढी सूचक एक आपसमा दाज्न सकिने, सेयर कारोबारको लागत हिसाब गर्न सजिलो बनाउने बताइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend