जन आकाश
रामेछाप । फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्यको लागि देशैभरी राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेद्धारी दिएका उम्मेद्धारहरुले आफ्ना तरिकाहरु अपनाएर जनतलाई आकर्षित र विश्वस्त पार्ने कार्यक्रम गर्दै आएका छन् ।
त्यसैमध्य रामेछाप जिल्लाका रास्वपाका उम्मेद्धार डा.कृष्णहरि बुढाथोकी यहि माघ १५ गते खाडादेवी गाउँपालिकाको वाडनं २ वाट रास्वपाका पार्टीका प्रतिनिधिहरु सहित घरदैलो कार्यक्रममा पुुगेका छन् । हिजो अर्थात १५ गते खाँडादेवी मझुवाका स्थानीयसँग उम्मेद्धार भेटघाट कार्यक्रम भएको छ । आज वाडन राकाथुुम र ३ भीरपानीमा घरदैलो कार्यक्रम स्थानीय भेटघाट भईरहेको रास्वपाका रामेछाप जिल्ला सहसचिव टेक बहादुर सुुनुुवार जोनले जानकारी दिएका हुन् । रामेछापमा अन्य पार्टीका उम्मेद्धारभन्दा डा. कृष्णहरि बुढाथोकी अब्बल उम्मेद्धारको रुपमा हेरिएको छ । निर्वाचनमा सवैभन्दा बढी मत ल्याई प्रथम हुने र प्रतिनिधिसभा सदस्य हुने सम्भावना अधिक छ ।
रास्वपा रामेछापले जिल्लाभरी घरदैलो कार्यक्रमको सेडुुल यस प्रकार छ ।
१. २०८२/१०/१५ खाँडादेवी गा.पा., वडा नं. २ मझुवा
२. २०८२/१०/१६ खाँडादेवी गा.पा., वडा नं. १ राकाथुम, वडा नं. ३ भिरपानी
३. २०८२/१०/१७ खाँडादेवी गा.पा., वडा नं. ८ गागल, वडा नं. ९ पिङ्खुरी
४. २०८२/१०/१८ खाँडादेवी गा.पा., वडा नं. ४ पकरबाश तल रच गाउँ, वडा नं. ५ परकरबाश गोगनपानी
५. २०८२/१०/१९ खाँडादेवी गा.पा., वडा नं. ६ माकादुम, वडा नं. ७ टिमु, खाँडादेवी
६.२०८२/१०/२० सुनापती गा.पा., वडा नं. १ गुन्सीभदौरे, वडा नं. २ दिमीपोखरी
७.२०८२/१०/२१ सुनापती गा.पा., वडा नं. ३ हिलेदेवी, वडा नं. ५ भिरकोट खनियापानी
८. २०८२/१०/२२ सुनापती गा.पा., वडा नं. ४ बेथान डहु
९. २०८२/१०/२३ काठमाण्डौ भेटघाट
१०. २०८२/१०/२४ दोरम्बा शैलुङ गा.पा., वडा नं. २ दोरम्बा, वडा नं. ३ टोकरपुर
११. २०८२/१०/२५ दोरम्बा शैलुङ गा.पा., वडा नं. ५ गुन्साल, वडा नं. ६ लखनपुर
१२. २०८२/१०/२६ दोरम्बा शैलुङ गा.पा., वडा नं. ७ थापागाउँ, वडा नं. ४, गौसरा
१३. २०८२/१०/२७ दोरम्बा शैलुङ गा.पा., वडा नं. १ डडुवा (आदी दिन), मन्थली न.पा., मन्थली १४ फुलासी (दिउँसो)
१४. २०८२/१०/२८ मन्थली न.पा., वडा नं. १३ फुलासी चिण्डे, वडा नं. ११ नाटिला
१५. २०८२/१०/२९ मन्थली न.पा., वडा नं. ८ चिसापानी, वडा नं. ९ पुरानागाउँ
१६. २०८२/११/१ गोकुलगंगा गा.पा., वडा नं. ६ फर्पू, वडा नं. ५ नामाडी, वडा नं. ३ रस्नालु
१७. २०८२/११/२ गोकुलगंगा गा.पा., वडा नं. ४ वेताली, वडा नं. २ ठोसे, वडा नं. १ चुचुरे
१८.२०८२/११/३ उमाकुण्ड गा.पा., वडा नं. १, गुम्देल, वाम्ती भण्डार (बेलुका)
१९. २०८२/११/४ उमाकुण्ड गा.पा., वडा नं. २, वाम्ती भण्डार, वडा नं. ३ कुभुकास्थली
२०. २०८२/११/५ उमाकुण्ड गा.पा., वडा नं. ५, प्रिती, वडा नं. ४
२१. २०८२/११/६ उमाकुण्ड गा.पा., वडा नं. ६, गुप्तेश्वर, वडा नं. ७, भुजी
२२. २०८२/११/७ मन्थली न.पा., वडा नं. ४, सालु, वडा नं. ५, सुनारपानी,
२३. २०८२/११/८ मन्थली न.पा., वडा नं. ३, कठजोर, वडा नं. २, टेकानपुर
२४. २०८२/११/९ काठमाण्डौं कार्यक्रम
२५ २०८२/११/१० मन्थली न.पा., वडा नं. ७, भटौली, वडा नं. १०, चनखु
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend