जन आकाश
रामेछाप । रामेछाप जिल्लावाट प्रतिनिधिसभा सदस्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपावाट उम्मेद्धारी दिएका डा. कृष्णहरि बुढाथोकी यतिवेला खाँडदेवी गाउँपालिकामा जनतासँग संवाद कार्यक्रम लिएर पुगेका छन् । यहि १५ गतेवाट खाँडदेवी गाउँपालिकाको मझुवा वाडन २ वाट जनसंवाद थालेका बुढाथोकीले १६ गते वाडन १ को राकाथुम र वाडन ३ को भीरपानी १७ गते वाडन ८ को गागलफेदी र ५ को पिङखुरी आज पकरवास रजगाउँ र पकरवास गोगनपानीमा कार्यक्रम भईरहेको छ । जनतासँग नेता जन्माउने भन्दापनि नीति चै ठूलो कुरा हो भन्दै जनतासँग संवाद गर्दै जनताले दिएका सुझावहरु लिईरहेका छन् ।
डाक्टर बुढाथोकीलाई रास्वपा जिल्ला समिति रामेछापका पदाधिकारीहरु, रास्वपा बागमती प्रदेश सदस्यहरु, पालिकाका सभापतिहरुको साथ साथ दिईरहेका छन् । माघ महिनाभरी कोशी वारी कार्यक्रम गर्ने र फागुन १ गतेवाट कोशी पारी क प्रदेशमा कार्यक्रम लिएर जाने जिल्ला सहसचिव जोहन सुनुवारले जानकारी दिएका छन् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend