logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल टेलिकमले माग्यो उप-प्रबन्धकदेखि सहायकसम्म ८० जना कर्मचारी


  • जन आकाश
  • आइतबार, माघ १८ २०८२

काठमाडौं । नेपाल टेलिकममा रोजगारीको अवसर खुलेको छ। टेलिकमले शुक्रबार जारी गरेको सूचनाअनुसार तेस्रो तहदेखि नवौं तहसम्म कर्मचारी माग गरेको हो ।



टेलिकमले उप प्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ प्रसासकिय अधिकृत, वरिष्ठ लेखा अधिकृत, टेलिकम इन्जिनियर, ओभरसियर, सहायक लगायतका पदमा कर्मचारी माग गरेको हो ।

परीक्षा दस्तुर ८ र ९ तहका लागि आठ सय ६ र ७ तहको लागि सात सय ४ र ५ तहको लागि पाँच सय र ३ तहको लागि तीन सय रूपैयाँ लाग्नेछ। समावेशी समूह ६, ७, ८ र ९ तहका लागि दुई सय र ३, ४ र ५ तहका लागि एक सय रूपैयाँ लाग्नेछ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend