logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेसनल लाइफले दियो पोखरामा अभिकर्ताहरूलाई तालिम


  • जन आकाश
  • आइतबार, माघ १८ २०८२

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूलाई १ दिने तालिम प्रदान गरेको छ। कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरि छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरू र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यालयहरूमा आबद्ध रही कार्य गर्ने १८५ जना अभिकर्ताहरूलाई पोखरास्थित होटल मेजेष्टिक लेक फ्रन्टमा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजालले प्रशिक्षण प्रदान गरे।



प्रशिक्षणको क्रममा उनले एमडिआरटी, सिओटी र टिओटीको लक्ष्य प्राप्त गर्नका लागि विभिन्न उपायहरू अबलम्बन गरि फरक तरिकाले बजारमा प्रस्तुत हुने कलाको बारेमा प्रशिक्षण दिए।

कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकरी अधिकृत स्मृती राज कंडेलले यस प्रकारको तालिमबाट अभिकर्ताहरूको मनोबल वृद्धि भइ आफ्नो व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने भएको हुँदा कम्पनीले अभिकर्ताहरूलाई उत्कृष्ट तालिम दिने गरि प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता भन्ने नारा सहित मासिक योजना मन्थन जारी गरिएको र यो योजनामा देशैभरबाट ७०० भन्दा बढी छनौट भएका सबै अभिकर्ताहरुलाई पायक पर्ने विभिन्न स्थानहरूमा कार्यक्रम सञ्चालन गरिएको बताए।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले अभिकर्ताहरूलाई आजको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गरेर देखाउने आपेक्षा रहेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend