logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछाप रास्वपाले पाईप वाडेको भनेर गरिएको प्रचार झुठो भएको रास्वपाको दावी


  • जन आकाश
  • सोमबार, माघ १९ २०८२

 



रामेछाप जिल्लामा रास्वपावाट प्रतिनिधिसभा सदस्यका उम्मेद्धार डा. कृष्णहरि बुुढाथोकी खाडादेवी गाउँपालिकामा जनतासँग संवाद गर्न घर गाउँ डुल्दै जादा जनताले आफैले किनेर राखेको पाईप र त्यसै क्षेत्रमा काम गरिरहेका स्थानीयहरुसँग कुराकानी गरिएको र अन्तमा स्थानीयकै आग्रहमा पाईपको अगाडी फोटो र भिडियो खिचिएको र उक्त फोटो भिडियोलाई भ्रम फैलाउने उदेश्ले रामेछापका जिम्मेवार पार्टीको महत्वपूूर्ण व्याक्ति भनेर चिनाउदै आएका नेपाली काँग्रस र एमालेले तोडमोड गरेर भ्रम सृजना गरेकोप्रति रामेछाप रास्वपाले एक विज्ञप्ति नै जारी गरेर उक्त पाईप नवाडेको र निर्वाचन आचारसंहितामा रहेर नै जनतासँग सवाद र घर दैलो गरिरहेको उल्लेख छ । बिज्ञप्ति जस्ताको तस्तै ।

प्रेश विज्ञप्ति
मितिः २०८२/१०/१८

राष्ट्रिय स्वतन्त्र पार्टीले यही फागुन २१ गते हुन गइरहेको संघीय निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगद्वारा जारी आचारसंहिता पूर्णरूपमा पालना गर्दै रामेछाप जिल्लाका विभिन्न स्थानमा घरदैलो अभियान सञ्चालन गरिरहेको छ । यसै क्रममा खाँडादेवी गाउँपालिका वडा नं। ३, लाप्का मा स्थानीय बासिन्दाहरूले दीर्घकालदेखि भोग्दै आएको खानेपानी समस्याका विषयमा छलफल भएको थियो । उक्त स्थानमा प्रयोग गरिएको खानेपानी पाइप स्थानीय बासिन्दाहरूले व्यक्तिगत रूपमा आपसमा रकम संकलन गरी खरिद गरेको तथ्य हुँदाहुँदै पनि त्यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले वितरण गरेको भनी नेकपा एमाले रामेछाप जिल्ला अध्यक्षबाट समेत भ्रमपूर्ण र तथ्यहीन प्रचार गरिएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप जिल्ला समिति घोर आपत्ति जनाउँदछ ।

यस प्रकारको भ्रम सिर्जना, अतिरञ्जना र झुटो आरोप लोकतान्त्रिक अभ्यासको मर्यादा विपरीत मात्र होइन, निर्वाचनको स्वच्छ वातावरणलाई बिगार्ने कुसंस्कार को प्रयास हो । परिवर्तनको पक्षमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टी तथा पार्टि उम्मेदवार समग्र रामेछापको समावेशी, योजनाबद्ध र दिगो विकासका लागि प्रतिबद्ध रहँदा त्यसबाट अत्तालिएर केही शक्तिहरू हारको मानसिकताबाट भ्रमको राजनीति गरिरहेको स्पष्ट देखिन्छ । अहिलेको समय झुट र भ्रमको खेती गर्ने होइन, बरु इमान्दारिता, सत्यनिष्ठा र स्पष्ट कार्ययोजनासहितको राजनीतिक प्रतिस्पर्धा गर्ने समय हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप जिल्ला समिति पुनः स्पष्ट पार्दछ कि पार्टी र हाम्रो उम्मेदवार कुनै पनि प्रकारको प्रलोभन, भेदभाव वा आचारसंहिता विपरीत कार्यमा संलग्न छैनन् र हुनेछैनन्। पार्टीले रामेछाप जिल्लाका सम्पूर्ण नागरिकलाई र सम्पूर्ण भूभागलाई सम्मानका साथ हेरेको छ र विकासको यात्रामा सबैलाई सहभागी गराउँदै अघि बढ्ने दृढ संकल्प लिएको छ। भ्रम फैलाएर जनतालाई झुक्याउने प्रयास नगर्न सम्बन्धित सबैलाई आग्रह गर्दै, जनता अब सचेत भइसकेको यथार्थलाई आत्मसात् गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप जिल्ला समिति जोडदार अपिल गर्दछ ।

राष्ट्रिय स्वतन्त्र पार्टि जिल्ला समिति रामेछाप

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend