logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एनआइसी एसिया बैंकको ‘गोल्ड लोन’ योजना सार्वजनिक


  • जन आकाश
  • मंगलबार, माघ २० २०८२

काठमाडौं । एनआइसी एसिया बैंकले आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक गोल्ड लोन कर्जा योजना सार्वजनिक गरेको छ।



समय अनुसारको आवश्यकता र मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकहरूमाझ प्रतिस्पर्धी ब्याजदरमा गोल्ड लोनु योजना सार्वजनिक गरेको हो। यस योजना अन्तर्गत ग्राहकहरूले ५० लाख रूपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्नेछन्।

औषत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सक्नेछन्।

साथै, यस कर्जा योजना अन्तर्गत गरगहना खरिद गर्नका लागि पनि कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ।ग्राहकहरूले यस योजना अन्तर्गतको कर्जा तोकिएका विभिन्न शाखाहरूबाट प्राप्त गर्न सक्नेछन्।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend