जन आकाश
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिराहाका तत्कालीन कार्यालय प्रमुख सहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्रप्रसाद यादव सहित १० जनाविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।उनीहरूले अस्पतालमा करारका कर्मचारीलाई ओपिडी लगायत महत्वपूर्ण नगद रकम संकलनमा राखेर रकम हिनामिना गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार दैनिक संकलन भएको राजस्व खातामा जम्मा नगरी विगत लामो समयदेखि हिनामिना गरेको देखिन्छ।२०८०र८१ मा ३ करोड ८७ लाख ६६ हजार ९७४ रूपैयाँ जम्म हुनुपर्नेमा ३ करोड ४५ लाख ८९ हजार मात्र संकलन भएको देखाएको अख्तियारका प्रवक्ता न्यौपानेले जानकारी दिए।
उनीहरूले ३८ लाख ७७ हजार ७२४ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।सोही आरोपमा प्रादेशिक अस्पताल सिराहाका तत्कालीन कार्यालय प्रमुख डा नागेन्द्रप्रसाद यादव, डा। सरोज यादव, प्रशासन प्रमुख अशोककुमार सिंह, लेखा प्रमुख अशोककुमार यादव, विल काउन्टरमा कार्यरत श्यामकुमार मण्डल, पुजाकुमारी यादव, सरस्वतीकुमारी यादव विरूद्ध मुद्दा चलाइएको छ।
त्यस्तै, तत्कालीन विल काउन्टरमा कार्यरत रोशनकुमार यादव, अजयकुमार मण्डल, तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको श्रीमती मुस्कानकुमारी मण्डलविरूद्ध मुद्दा चलाइएको हो।उनीहरूविरूद्ध अख्तियारले जनही फरक फरक बिगो माग दाबी गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend