logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा


  • जन आकाश
  • बुधबार, माघ २१ २०८२

काठमाडौ । यतिवेला देश निर्वाचनमय भएको छ । कर्णाली प्रदेशको दैलेख जिल्ला क्षेत्र न. २ मा प्रतिनिधिसभा सदस्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टीवट उम्मेद्धारी दिएका ईन्जिनियर तथा नेपाल विद्युत कम्पनी लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत बखत बहादुर शाहीको यतिवेला चर्चाको सिखरका छन् । उनले नेपालको विद्युत क्षेत्रमा हाशिल गरेको विज्ञतालाई प्राकृतिक स्रोत धेरै भएको कर्णाली प्रदेशमा जलविद्युत विज्ञ शाहीले उम्मेद्धारी दिएपछि नेपाल देशले सवैभन्दा बढी जलविद्युत निर्णाण गर्न सकिने अनुमानका साथ सवैतिर चर्चा हुन थालेको हो ।



यतिवेला दैलेख जिल्ला क्षेत्र न. २ का उम्मेद्धार बखत बहादुर शाही जनतासँग संवाद गर्न दैलेखमा छन् । कर्णाली प्रदेशकै उत्कृष्ट ईन्जिनियर पानीलाई अधिकतम् सदुपयोग गर्न सक्ने व्यावस्थापन क्षमता भएका व्याक्तित्व भएको हुनाले चर्चा बढेको छ । उक्त क्षेत्रवाट अर्का नेकपा एमालेका लक्षमी प्रसाद पोख्रेल, नेपाली काँग्रेसवाट दिक्पाल शाही, नेपाली लगायतका उम्मेद्धारहरु रहेका छन् । सवै उम्मेद्धारले आफु नै अब्बल उम्मेद्धार भएको दावी गरेपनि नेपाल विद्युत कम्पनी लिमिटेड जस्तो महत्वपूर्ण क्षेत्रमा काम गरिसकेको अनुभव भएका ईन्जिनियर बखत बहादुर शाहीको चर्चा भने सर्वत्र हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend