जन आकाश
काठमाडौं । भाट–भटेनी सुपरमार्केटले हालै सम्पन्न जेन(जी) आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर सुपर स्टोर पुनः सञ्चालनमा ल्याएको छ माघ २४ गते शनिबार बिहान १०ः०० बजेदेखि कोटेश्वरस्थित भाट–भटेनी सुपर स्टोर पुनः सञ्चालनमा आउने भएको हो ।
भाटभटेनीका का प्रमुख सञ्चालन अधिकृत पानु पौडलका अनुसार हालैको घटनाबाट प्रभावित भए तापनि, भाट–भटेनी सुपरमार्केटले आफ्ना कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूको सहयोग र विश्वासका कारण छिटो पुनःउत्थानको मार्गमा अघि बढ्न सफल भएको जानकारी दिए ।भविष्यमा पनि भाट–भटेनी सुपरमार्केटले गुणस्तरीय सेवा, उचित मूल्य र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै निरन्तर सेवा प्रदान गर्दै जाने प्रतिबद्धता गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend