logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

ओली आज झापा जाँदै


  • जन आकाश
  • शुक्रबार, माघ २३ २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार(आज) गृहजिल्ला झापा जाने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् ।



निकटस्रोतका अनुसार ओली मध्यान्ह हवाई मार्गमार्फत झापा जान लागेका छन् । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि त्यहाँको प्रतिस्पर्धा पेचिलो बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend