जन आकाश
काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा तीन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउसमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ।
“Baleyo Experience: Technology & Lifestyle” नाम दिइएको यस एक्स्पो सागर ग्रुपले आयोजना गर्ने प्रविधि एक्स्पोको चौथो संस्करण हो। ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराउँदै सूचना प्रविधिका नयाँ प्रवृत्ति, नवीन उत्पादन तथा बजार अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागिएको सागर ग्रुपले जनाएको छ।
सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरले यस एक्स्पोले ब्राण्ड र ग्राहकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
एक्स्पोमा Brother, Konica Minolta, Kaspersky, NEC, Micropack, X-Lab, IDP लगायतका ब्राण्डहरूका उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ। सो अवसरमा सम्बन्धित ब्राण्डका प्रतिनिधि तथा प्राविधिकहरू उपस्थित भई आवश्यक जानकारी प्रदान गर्नेछन्।
एक्स्पो अवधिभर उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरूले विशेष छुट तथा अतिरिक्त सेवा पाउने Brother र Konica Minolta नयाँ उत्पादनहरू सार्वजनिक गर्नुका साथै सहभागिहरूलाई विभिन्न प्रकारका प्रोडक्ट ट्रेनिङ पनि प्रदान गरिनेछ।
६ दिनसम्म प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने एक्स्पोमा अवलोकनका लागि आउने आगन्तुकहरूलाई हाई टी तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend