जन आकाश
काठमाडौं । फागुन २१ गते हुने मतदान स्वस्थ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको तयारी तीव्र छ। निर्वाचन आयोग आचारसंहिता पालनाको अनुगमन गरिरहेको छ।
सँगै मतपत्र र छपाइको काम पनि तीव्रताका साथ अगाडि बढिरहेको छ। प्रत्यक्षतर्फ ६० वटा निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ।
समानुपातिक तर्फको मतपत्रको छपाइ यसअघि नै सकिएर जिल्ला निर्वाचन कार्यालयहरूमा पठाइएको छ। मतपेटिका पनि तयार भइसकेको आयोगले जनाएको छ।
आयोगका कर्मचारीहरूले मतपेटिकाहरूलाई जिल्ला जिल्लामा पठाउनका लागि तयारी अवस्थामा राखेका छन्।
केही जिल्लामा शनिबार नै मतपेटिका पठाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend