logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कुमारी बैंकमा फोनलोनबाटै पटक–पटक कर्जा निकाल्न मिल्ने


  • जन आकाश
  • आइतबार, माघ २५ २०८२

काठमाडौं । नेपालको डिजिटल बैंकिङ क्षेत्रलाई थप सहज र ग्राहकमुखी बनाउने उद्देश्यका साथ कुमारी बैंकले ुकुमारी फोनलोनु अन्तर्गत ुमल्टी डिस्बर्सलु सुविधा सञ्चालनमा ल्याएको छ ।



डिजिटल कर्जा प्रवाहको अग्रणी प्लेटफर्म फोनलोन र कुमारी बैंकबिचको सहकार्यमा सुरू भएको यो सेवाले अब ग्राहकलाई आफ्नो आवश्यकता अनुसार कर्जाको सीमाभित्र रहेर पटक–पटक रकम निकाल्ने स्वतन्त्रता दिएको छ।

यसअघि स्वीकृत भएको सम्पूर्ण कर्जा रकम एकैपटक लिनुपर्ने र अर्को कर्जाका लागि पुरानो ऋण चुक्ता गर्नुपर्ने बाध्यता रहेकामा यो नयाँ सुविधाले उक्त झन्झटलाई पूर्ण रूपमा अन्त्य गरिदिएको छ ।

यो नवीन सेवा अन्तर्गत योग्य ग्राहकले आफूलाई बैंकले तोकिदिएको कुल कर्जा सीमाबाट चाहिएको बेला चाहिए जति मात्र रकम निकाल्न सक्नेछन्। यसरी लिइने कर्जाको सबैभन्दा ठूलो विशेषता भनेको ग्राहकले जति रकम प्रयोग गर्छन्, त्यतिमा मात्र ब्याज लाग्नेछ ।

बाँकी रहेको कर्जा सीमा भने भविष्यका लागि सुरक्षित रहनेछ, जसका कारण प्रयोगकर्तालाई अनावश्यक ब्याजको भार नपर्ने र वित्तीय व्यवस्थापनमा पारदर्शिता आउने विश्वास गरिएको छ।कुनै पनि कागजी प्रक्रिया वा बैंकको शाखासम्म पुग्नु नपर्ने गरी मोबाइल बैंकिङ एपमार्फत नै यो सुविधा तत्कालै उपभोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend