logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दुइटा बस ठोक्किएर पसलमा जोत्तियो, चिया पिउँदै गरेका टिपर चालकको मृत्यु


  • जन आकाश
  • आइतबार, माघ २५ २०८२

काठमाडौं । धादिङमा दुइटा बस ठोक्किएर पसलमा जोत्तिँदा टिपर चालकको मृत्यु भएको छ।



थाक्रे गाउँपालिका-६ दशकिलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा आइतबार बिहान साढे ७ बजे दाङबाट काठमाडौं आउँदै गरेको प्र.३-०१-००६ ख १५५२ नम्बरको बस र दाङबाट काठमाडौं आउँदै गरेको बा.प्र ०१-००६ ख ५२०६ बस ठोक्किएको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालका अनुसार बस ठोक्किएपछि दाङबाट आउँदै गरेको बस सडकछेउमा खगेश्वर शर्माले सञ्चालन गरेको टिनले छाएको चिया पसलमा जोत्तिएको थियो।

बस पसलमा ठोक्किएपछि उनी र पसलमा चिया पिउँदै गरेका धुनीवेशी स्याउलेका ३५ वर्षीय सुजन तामाङ घाइते भएका थिए। दुवैलाई उपचारका लागि काठमाडौं ल्याइएकोमा तामाङको उपचारकै क्रममा ट्रमा हस्पिटलमा बिहान १० बजे मृत्यु भएको डिएसपी दाहालले जानकारी दिए।

तामाङ टिपर चालक हुन्। टिपर सडक किनारमा रोकेर उनी चियानास्ता गर्न सोही पसलमा छिरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend