logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कांग्रेसले गठन गर्‍यो केन्द्रीय अनुशासन समिति


  • जन आकाश
  • सोमबार, माघ २६ २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति गठन गरेको छ।सभापति गगन थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय सदस्य तारामान गुरूङको संयोजकत्वमा अनुशासन समिति गठन गरेको कार्यवाहक  सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।



कांग्रेसले विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरेको हो। जसको सदस्यहरूमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend