जन आकाश
रामेछाप । फागुन २१ गते हुने निर्वाचनमा रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीवाट उम्मेद्धारी दिएका डा. कुष्णहरि बुढाथोकीले जित्ने सम्भावना धेरै भएर गएको देखिएको छ । डा. कृष्णहरिलाई रास्वपा जिल्ला समितिले जनतासँग संवाद कार्यक्रम लिएर रामेछापको बिभिन्न पालिकाका वडाहरुमा घरदैलो गर्दै जादा जनताको उत्साहा परिवर्तनको पक्षमा देखिएको छ । त्यसकारण अन्य उम्मेद्धारहरु भन्दा डा. कृष्णहरि बुढाथोकीले सवैभन्दा धेरै मत ल्याएर पहिलो हुने प्रतिनिधिसभाको सदस्य हुने सम्भावना धेरै रहेको हो ।
रास्वपाले खाडादेवी गाउँपालिकाको वाडन २ मझुवावाट जननतासँग जनसंवाद यहि माघ १५ गतेवाट थालेको थियो । अहिले खाडादेवी गाउँपालिका, सुनापति गाउ्रँपालिका घरदैलो सकेर दोरम्बा गाउँपालिकामा घरदैलो कार्यक्रम चलिरहेको छ । भोली दोरम्बा सकेर मन्थलीको वाडन १४ आईपुग्ने रास्वपा जिल्ला सहसचिव टेक बहादुर सुनुवार जोनले जानकारी दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend