logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

स्कुल भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते


  • जन आकाश
  • शुक्रबार, फाल्गुन १ २०८२

काठमाडौं । विद्यालय छुट्टी भएर घर फर्केका बालबालिका बोकेको स्कुल भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्। बागलुङ नगरपालिका–१ स्थित न्यू एभरेष्ट बोडिङ स्कुलको भ्यान वडा–४ स्थित पाखाथर भन्ने स्थानमा बिहीबार साढे ४ बजे सडकदेखि झण्डै ६० मिटर तल तल्लो घुम्तीमा खसेको हो।



ग (१) च ८६२१ नम्बरको भ्यानमा कति जना सवार थिए भन्ने यकिन भएको छैन।दुर्घटनामा घाइते भएका २३ जना विद्यार्थीको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend