जन आकाश
काठमाडौं । नबिल बैंकको सोमबार सम्पन्न ४१औं साधारणभाले संस्थापक सेयरधनी तर्फबाट सञ्चालक अनिलकेशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ । शाह सञ्चालक बनेसँगै बैंक अध्यक्षमा सञ्चालक निर्वाण चौधरी चयन भएका छन् ।
साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाइ वितरण गर्ने भनेको १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंक अध्यक्ष उपेन्द्र पौडेलको कार्यकाल सकिएको हुनाले साधारणसभापछि बसेको सञ्चालक समिति बैठकले निर्वाणलाई अध्यक्ष चयन गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहणपछि उनले अध्यक्षको कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।यसैैसाथ निवर्तमान अध्यक्ष पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैंकले जनाएको छ । उनको नेतृत्वमा बैंकले दिगो बैंकिङमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend