logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कुमारी बैंकलाई सूचना सुरक्षा प्रमाणपत्र


  • जन आकाश
  • मंगलबार, फाल्गुन ५ २०८२

काठमाडौं । कुमारी बैंकले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओरआइइसी २७००१ः२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली प्रमाणपत्र प्राप्त गरेको छ। यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाएको कम्पनीको दाबी छ।



आइइसी मूलतः ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई अर्गनाइजेसनल (३७) पिपुल (८), फिजिकल (१४) र टेक्नोलोजी (३४)मा विभाजन गरिएको हुन्छ।यी नियन्त्रणहरू कार्यान्वयन भए नभएको स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरी यो प्रमाणपत्र प्रदान गरिन्छ।

यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा जोखिम पहिचान, मूल्यांकन तथा व्यवस्थापन गर्ने राम्रो क्षमता रहेको र सो अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेको सुनिश्चित गरेको बैंकले जनाएको छ।

साथै यस प्रमाणपत्रमार्फत बैंकले ग्राहकहरुको तथ्याङ्क सुरक्षित तथा गोप्य राखेको, आवश्यक परेको बेला उपलब्ध गराउने, अनधिकृत पहुँचबाट जोगाउने गरेको र सुदृढ सुरक्षा प्रणाली कार्यान्वयन गरिरहेको प्रमाणित भएको बैंकले जनाएको छ।

डिजिटल बैंकिङ सेवाहरूको तीव्र विस्तारसँगै साइबर सुरक्षा र डाटा गोपनीयता ग्राहक तथा सरोकारवालाहरूको प्रमुख चासोको विषय बनेको अवस्थामा यस बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड सेवा तथा आन्तरिक प्रणालीहरूमा उच्चस्तरीय सुरक्षा मापदण्डहरू लागु गरेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend