logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पत्रकार आचारसंहितामा ध्यान दिन महासंघको आग्रह


  • जन आकाश
  • बुधबार, फाल्गुन ६ २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचनको समयम पत्रकार आचारसंहिताप्रति विशेष ध्यान दिन आम सञ्चारमाध्यम र पत्रकाहरूलाई आग्रह गरेको छ।मंगलबार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ती जारी गरेर निर्वाचनको समयमा मिथ्या सूचनाबाट मतदातालाई प्रभावित पार्ने सम्भावना हुने भएकाले पत्रकारिताको सिद्धान्त र पत्रकार आचारसंहिताबारे ध्यान दिन आग्रह गरेका हुन्।



महासंघले पत्रकारिताको सिद्धान्त र आचारसंहिताको पालना गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गरी स्वस्थ, स्वतन्त्र, धाँधलीरहित शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा सञ्चारमाध्यम र पत्रकारहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि बताएको छ।

केही दिनयता अनलाइन, सामाजिक सञ्जाल तथा युट्युबबाट विचार, प्रचार र समाचार प्रवाह हुँदा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालनामा ध्यान नदिएको गुनासो प्राप्त भएको भन्दै महासंघले त्यसमा चासो देखाएको छ।

साथै सञ्चारमाध्यमका सामग्रीप्रति असहमत पक्षले विधिअनुसार समाधान खोज्न सक्नेमा व्यक्तिलाई केन्द्रित गरेर सामाजिक सञ्जालबाट ट्रोल गरिएकोप्रति महासंघले आपत्ति प्रकट गरेको छ।यस्ता घटनाहरू नदोहोर्‍याउन पनि महासंघले आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend