logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कर्णालीमा रवि,बालेन दुई तिहाइ दिनुस्, देश बदल्छौं’


  • जन आकाश
  • शुक्रबार, फाल्गुन ८ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफ्नो पाँच वर्षे चुनावी वाचा पत्र कर्णालीको राजधानी वीरेन्द्रनगरबाट सार्वजनिक गरेको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचन २०८२ को बाचा पात्र सार्वजनिक गरेको रास्वपाले यसलाई परिवर्तन उद्घोष भनेको छ ।



चुनावी सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०, उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहितका नेताहरूले संयुक्त रूपमा पार्टीको चुनावी बाचा पत्र सार्वजनिक गरे । रास्वपाले आफ्नो वाचा पत्रमा मध्यम वर्गलाई महत्त्व दिएको दाबी गरेको छ ।

७५ औँ प्रजातन्त्र दिवसको अवसर पारेर त्यो पनि कर्णालीबाट ‘बाचापत्र’ घोषण गरिनु संयोग मात्र नभएको सभापति लामिछानेले बताए । ‘कर्णालीबाट बाचा पत्र सार्वजनिक गर्नुको अर्थ छ, पछाडि पारिएको कर्णालीलाई अव पछाडि पर्न नदिने ‘बाचा’ आजको बाचा पत्र सार्वजनिक गर्नुको एउटा प्रमुख कडी हो’ सभापति लामिछानेले भने ।

लामिछानेले सम्बोधनको सुरुमै ‘सञ्चारकर्मीका रूपमा रिर्पोटिङ्ग गर्दै कर्णाली आएको र एउटा अस्पताल बोकेर गएको’ भन्दै कर्णाली प्रतिको सहानुभूति बटुले । कालिकोटको रास्कोटमा १५ शय्याको अस्पताल निर्माण गरेका उनले त्यसको श्रेय लिए । रविले त्यसो भन्दै गर्दा मञ्च ‘रवि दाई, हाई हाई’ को नारा गुन्जियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend