जन आकाश
काठमाडौं । पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ।प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार बिहान पौने १० बजेदेखि अर्को आदेश जारी नहुँदासम्म कर्फ्यू आदेश जारी गरेका हुन्। आइतबार वीरगन्ज क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो। त्यस झडपले ठूलो रूप लिन सक्ने भन्दै प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो।
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म सीमा तोकेको छ।यस अवधिमा कसले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक नगर्न प्रशासनले अनुरोध गरेको छ।
एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मीहरू, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षाका परीक्षार्थी एवं कर्मचारी, पर्यटक सवारीसाधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारीसाधन र हवाइ टिकटका आधारमा यात्रुहरूको आवागनका लागि सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend