जन आकाश
काठमाडौं । नेपाल, २३ फेब्रुअरी २०२६ – नेपालमा जेसीबी (JCB) का कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टको एकमात्र आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा.लि. ले अन्तर्राष्ट्रिय मञ्चमा पुनः सफलता हासिल गरेको छ।
जेसीबी एनुअल डिलर कन्फरेन्स २०२६ मा कम्पनीले लगातार चौथो वर्ष “डिलर अफ द इयर – साउथ एसिया रिजन” अवार्ड जित्न सफल भएको हो। चार वर्षसम्म लगातार यो क्षेत्रीय स्तरको शीर्ष उपाधि जित्नुलाई कम्पनीको ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ।
यो अवार्ड १८ फेब्रुअरीमा श्रीलंकामा आयोजित वार्षिक जेसीबी डिलर सम्मेलनमा प्रदान गरिएको थियो। एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबी इन्डिया लिमिटेडका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीबाट यो सम्मान ग्रहण गर्नुभयो। कार्यक्रममा सीईओ तेज प्रसाद सुवेदी तथा सीओओ (रिटेल सेल्स) दुर्गा प्रसाद निरौलाको पनि उपस्थिति रहेको थियो।
“डिलर अफ द इयर” अवार्ड उत्कृष्ट बिक्री, बजारमा मजबुत उपस्थिति र ग्राहक सन्तुष्टिको कडा मूल्यांकनका आधारमा प्रदान गरिन्छ। अत्यन्तै प्रतिस्पर्धाको बीचमा पनि एमएडब्लू अर्थमुभर्सले नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा आफ्नो अग्रणी स्थान र नम्बरको स्थिति जोगाइराख्न सफल भएको छ।
यो सम्मान कम्पनीप्रतिको विश्वास र उत्कृष्ट कामको प्रमाण हो। आफ्नो फैलिँदो सञ्जाल र ग्राहकलाई प्राथमिकता दिने नीतिका कारण यो सम्भव भएको हो। यस उपलब्धिले नेपालको पूर्वाधार विकास र राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने कम्पनीको लक्ष्यलाई अझ बलियो बनाएको छ।
सो अवसर मा एमएडब्लू ग्रुप अफ कम्पनीजका एमडी तथा चेयरम्यान विष्णु कुमार अग्रवालले भन्नुभयोस् “यो महत्वपूर्ण उपलब्धिले हाम्रो नेतृत्व क्षमता, काम गर्ने शैली र ग्राहकले हामीमाथि राख्नुभएको विश्वासलाई फेरि प्रमाणित गरेको छ। हामी यो सम्मान देश निर्माणमा जुट्नुभएका सम्पूर्ण निर्माण समुदायलाई समर्पित गर्दछौं। सडक, पुल, जलविद्युत आयोजना, विमानस्थल र स्मार्ट सिटी निर्माणमा योगदान गर्ने प्रत्येक उद्यमी र पेसाकर्मी यस सम्मानका हकदार हुनुहुन्छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend