logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

निर्वाचन हुनुभन्दा ७ दिनअघि मदिरा बेचबिखन रोक्नेबारे छलफल


  • जन आकाश
  • बुधबार, फाल्गुन १३ २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन हुनभन्दा ७ दिनअघि मदिरा बिक्रीमा रोक लगाउनेबारे छलफल भएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा त्यसबारे छलफल भएको बैठकमा सहभागी एक जना उच्च अधिकृतले जानकारी दिए ।



मंगलबारको छलफल अनुसार निर्वाचन आयोगले मदिरा बेचबिखन रोक्नेबारे सरकारलाई सिफारिस गर्नेछ । फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सिफारिस गरेपछि गृह मन्त्रालयबाट मदिराबारे निर्णय हुने बैठकमा सहभागी ती अधिकृतले बताए ।

उनले भने– ‘कम्तीमा ७ दिन अघिदेखि मदिरा बेचबिखनमा पूर्ण रोक लगाउनुपर्छ भन्ने छलफल भएको छ ।’मदिरा बिक्रीमा नियन्त्रण नगरेमा त्यसले निर्वाचन सुरक्षामा चुनौती थपिने विश्लेषण गरिएको छ । फागुन १९ मा मनाउन लागिएको तराई होलीलाई व्यवस्थित बनाउन पनि सरकारले मदिरा नियन्त्रण गर्ने तयारी गरिरहेको छ । उच्चस्तरीय सुरक्षा समितिले सीमानामा ७२ घण्टाअघि आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend