logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु


  • जन आकाश
  • बिहिबार, फाल्गुन १४ २०८२

बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आज बिहान रैनादेवी छहरा गाउँपालिका–१ स्थित भित्री कच्ची सडक खण्डमा दुर्घटना भएको हो।



सिद्देश्वरबाट सन्देवातर्फ जाँदै गरेको लु २ ख २००१ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ दुर्घटनामा गम्भीर घाइते भएका चालक रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी बस्ने ४८ वर्षीय खिमबहादुर सोमईलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend