जन आकाश
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ उपत्यकामा सवारी चाप बढ्दै गएको छ।
नियमित ट्राफिक प्रहरीहरूलाई निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर खटाइएपछि राजधानीका विभिन्न चोक–चोकमा ट्राफिक व्यवस्थापनमा केही कठिनाइ देखिएको थियो। बढ्दो जामलाई नियन्त्रण गर्न अहिले निर्वाचन प्रहरीहरू पनि सडक ट्राफिक व्यवस्थापनमा खटिएका छन्।
उनीहरूले सवारी अनुशासन कायम गराउने, जाम खुलाउने तथा यात्रुलाई सहज आवागमन गराउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिएसँगै केही ट्राफिक प्रहरीलाई काठमाडौँ बाहिर पठाइएकाले उपत्यकामा जनशक्ति कम देखिएको हो।
हाल निर्वाचन प्रहरीहरू पनि विभिन्न स्थानमा प्रहरीसँगै परिचालन गरिएको छ र सोही समयमा सडक जाम भएको बेला उनीहरूले ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend