logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रुकुम पश्चिममा कुलमानका उम्मेदवारले जनार्दनलाई गरे समर्थन


  • जन आकाश
  • शुक्रबार, फाल्गुन १५ २०८२

सुर्खेत। रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गरेका छन् ।



शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै केसीले शर्मालाई समर्थन गरेको घोषणा गरे । रुकुमको विकासको लागि सहकार्य गरेर अघि बढ्ने सहमति अनुसार उम्मेदवारी निष्क्रिय पारेर शर्मालाई सघाउने भएको केसीले बताए ।

यसअघि यहाँ नेकपा एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ। अब यहाँ प्रलोपाका शर्मा, कांग्रेसका राजु केसी, नेकपाका गोपाल शर्मा र रास्वपाका मानबहादुर शाहीबिच चुनावी प्रतिस्पर्धा हुने छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend