जन आकाश
तेहरान । इरानको राजधानी तेहरानमा अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा परी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित इरानका अति शक्तिशाली व्यक्तित्वहरूको मृत्यु भएको छ। इरानी सरकारी समाचार संस्था इर्नाले सर्वोच्च नेताका प्रमुख राजनीतिक सल्लाहकार तथा प्रतिरक्षा परिषद्का सचिव अली सामखानी र इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआर्जीसी) का कमाण्डर-इन चिफ मोहम्मद पाकपोर मारिएको पुष्टि गरेको हो।
इरानी सञ्चारमाध्यमहरूले खामेनीलाई शहीदको संज्ञा दिँदै उनको मृत्युले देशलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको घोषणा गरेको केही घण्टापछि इरानले पनि यसको आधिकारिक पुष्टि गरेको थियो।
ट्रम्पले खामेनीको उत्तराधिकारी को हुनुपर्छ भन्नेबारे आफूसँग राम्रो योजना रहेको बताउँदै आवश्यकता परे इरानमाथि थप आक्रमण जारी राख्ने चेतावनी दिएका छन्। यो भीषण आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नातिको समेत ज्यान गएको समाचारमा उल्लेख छ। यस घटनापछि इरानमा ४० दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend