logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रास्वपालाई दुईतिहाई बहुमत काग्रेस, एमाले खुम्चिए


  • जन आकाश
  • बुधबार, फाल्गुन २७ २०८२

मोहन कार्की
यहि फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुईतिहाई बहुमत पाएको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिक तर्फ ५८ सिट सुरक्षित गरेको छ । यो संख्या जोड्दा १८३ सिट हुन्छ । प्रत्यक्ष र समानुपातिक गरी २७५ सिट हुने प्रतिनिधि सभा सदस्यको लागि दुईतिहाई बहुमत पु¥यान १८४ सिट आवश्यक हुन्छ । जसमा स्वतन्त्र उम्मेद्धार डा. माहावीर पुनले तनहुवाट निर्वाचित भएको त्यस क्षेत्रमा रास्वपाले उम्मेद्धार फिर्ता गरेर माहावीर पुनलाई जिताउन पहल गरेको हुदा माहावीर पुनले रास्वपालाई सघाउने विश्वास गरिएको छ ।



यो आधारमा दुईतिहाई सहितको बहुमतको सरकार रास्वपाले बनाउने देखिन्छ । । यता विगत ३६ वर्षदेखि निरन्तर रुपमा सरकारमा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, २०६२/२०६३ संयुक्त जनआन्दोलनवाट सरकारमा सहभागी भएको नेकपा माओवादी हालको नेपाली कम्युनिष्ट पार्टी औलामा गनिने सिट संख्या ल्याएर सदनमा बिउ पुजीको रुपमा मात्र जाने भएका छन् । सदनमा उनिहरु औपचारिक उपस्थितिको लागी मात्र सहभागिता हुनेछ ।

किनकी रास्वपासँग दुईतिहाई बहुमत भएपछि कुनैपनि एन, कानून, नीति नियम बनाउन एकमतले निर्णय गर्न पाउने स्पष्ट कानूनी व्यवस्था छ । त्यसैले अन्य पार्टीवाट निर्वाचित प्रतिनिधिसभा सदस्य सदनमा गएपनि नगएपनि कुनै फरक पर्ने देखिदैन ।

समय बदलिएको छ । सशान फेरिन लागेको छ । पारदर्शिताको शुरुवात हुनुपर्ने समय आएको छ । नतिजा जसरी निर्वाचनमा जनताले गोप्य मतदानवाट रास्वपालाई बिजयी गराएका छन् । त्यसैगरी जनता र देशको हितमा काम गर्नुपर्ने दाईत्व रास्वपालाई आएको छ ।

२०१५ सालमा नेपाली काँग्रेसले स्पष्ट बहुमत ल्याएर एकल सरकार बनाएको ईतिहास पछि नेपालमा यो नै पहिलो निर्वाचन हो जसले एकल बहुमत त्योपनि दुईतिहाई सहितको छ । देश निर्माणमा यो अवसर कोसेढुङगा सावित हुनसक्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend