logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मेटलाइफ नेपालले बीमाको पहुँच विस्तार गर्दै स्याब्जा र चन्द्रौटामा नयाँ कार्यालयहरू उद्घाटन


  • जन आकाश
  • मंगलबार, चैत्र ३ २०८२

काठमाडौं । मार्च ३ २०२६– मेटलाइफ नेपालले आफ्नो देशव्यापी पहुच विस्तार गर्दै गण्डकी प्रदेशको स्याब्जा र लुम्बिनी प्रदेशको चन्द्रौटामा दुई नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेको छ ।



यस विस्तारले विश्वसनीय बीमा सुरक्षा सेवा देशभर सहज रूपमा उपलब्ध गराउने मेटलाइफ नेपालको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । यी नयाँ कार्यालयहरूको सञ्चालन मेटलाइफ नेपालको वित्तीय सुरक्षालाई व्यक्ति, परिवार तथा व्यवसायसम्म अझ नजिक र्पु याउने निरन्तर प्रयासको अर्को महत्वपूर्ण उपलब्धि हो । स्याब्जा र चन्द्रौटामा सेवा विस्तारसँगै अब त्यहाँका ग्राहकहरूले बीमा सम्बन्धी परामर्श, व्यावसायिक सहयोग तथा सहज सेवा सुविधा लिन टाढाका सहर धाउनुपर्ने आवश्यकता रहने छैन ।

स्याब्जा र चन्द्रौटा कार्यालयहरूले बीमा परामर्श, प्रस्ताव दर्ता सहयोग, प्रिमियम संकलन तथाग्राहक सेवा सहयोग लगायतका सम्पूर्ण बीमा सेवाहरू प्रदान गर्नेछन्। । मेटलाइफ नेपालको व्यावसायिकता र ग्राहककेन्द्रित सेवामा विशेष ध्यान दिँदै यी कार्यालयहरूले स्थानीय स्तरमै गुणस्तरीय सेवा सुनिश्चित गर्नेछन्। ।

स्थानीय उपस्थितिमार्फत मेटलाइफ नेपालले ग्राहकसँग अझ गहिरो सम्बन्ध निर्माण गर्दै दीर्घकालीन वित्तीय सुरक्षाको योजना बनाउन व्यापक समुदायलाई सहयोग र्पु याउने लक्ष्य राखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend