logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कुमारी बैंक लिमिटेडलाई (ISO/IEC 27001:2022) सूचना सुरक्षा प्रमाणपत्र प्राप्त


  • जन आकाश
  • मंगलबार, चैत्र ३ २०८२

काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO/IEC 27001:2022 सूचना सुरक्षा व्यवस्थापन प्रणाली (Information Security Management Systems – ISMS) प्रमाणपत्र प्राप्त गरेको छ ।



यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउछ । ISO/IEC 27001:2022, Information Security Management Systems (ISMS) मा मूलतः ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई Organizational (37), People (8), Physical (14) / Technological (34)  मा विभाजन गरिएको हुन्छ । यी नियन्त्रणहरू कार्यान्वयन भए नभएको स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरी ISO/IEC 27001:2022 प्रमाणपत्र प्रदान गरिन्छ ।

यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा जोखिम पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्ने राम्रो क्षमता रहेको र सो अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेको सुनिश्चित गर्दछ । साथै, यस प्रमाणपत्रमार्फत बैंकले ग्राहकहरुको तथ्याङ्क सुरक्षित तथा गोप्य राखेको, आवश्यक परेको बेला उपलब्ध गराउने, अनधिकृत पहुँचबाट जोगाउने गरेको र सुदृढ सुरक्षा प्रणाली कार्यान्वयन गरिरहेको छ भनि प्रमाणित गर्छ ।

डिजिटल बैंकिङ्ग सेवाहरूको तीव्र विस्तारसँगै साइबर सुरक्षा र डाटा गोपनीयता ग्राहक तथा सरोकारवालाहरूको प्रमुख चासोको विषय बनेको अवस्थामा यस बैंकले मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कार्ड सेवा तथा आन्तरिक प्रणालीहरूमा उच्चस्तरीय सुरक्षा मापदण्डहरु लागू गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend